ललितानिवास जग्गा प्रकरणमा पूर्वनिर्वाचन आयुक्त शाह पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ललितानिवास जग्गा प्रकरणमा पूर्वनिर्वाचन आयुक्त शाह पक्राउ

    खबरपुञ्ज संवाददाता

    ११ असार २०८०, मंगलवार

    काठमाडाै । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको प्रकरणमा प्रहरीले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरेको छ। 

    केन्द्रीय अनुसन्धान ब्यूरोले मंगलबार बिहान उनीसहित ७ जनालाई पक्राउ गरेको हो। शाह २०७३ फागुन ५ गतेदेखि २०७५ चैत २८ गतेसम्म आयुक्त थिए।

    यसअघि भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङलाई पनि पक्राउ गरिएको थियो।

    मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली, गोपाल कार्की र भूपेन्द्रमणि केसीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

    यस प्रकरणमा सिआइबीले केही समयदेखि अनुसन्धान गरिरहेकै थियो। थप प्रमाण संकलन गरी उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    सिआइबीले यस प्रकरणमा अनुसन्धान गरी २०७८ पुसमा सरकारी वकिलको कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। तर सरकारी वकिल कार्यालयले थप अनुसन्धान गर्नु भनेर फिर्ता पठाएको थियो।