सांसद श्रेष्ठले भने : संसदमा नाैटङ्की बन्द गरियाेस्
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सांसद श्रेष्ठले भने : संसदमा नाैटङ्की बन्द गरियाेस्

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

     काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठले केही राजनीतिक दलको व्यवहार र बोलीमा फरकपन देखिएको बताएका छन् ।

    आइतबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले मिटरब्याजसम्बन्धी विधेयकको नाम नलिई उक्त विधेयक पारित हुने बेला संसद अवरुद्ध गरिएको टिप्पणी गरेका हुन् ।

    ‘जब जब मधेश, मधेशी र मधेशमा बसोबास गर्ने जनताहरुको अनुहारमा खुसीयाली आउने विधेयकहरु संसदमा प्रस्तुत हुन्छन् । तब तब केही पार्टीहरुले पाँच बित्ता उफ्री उफ्री सदन अवरुद्ध गरिन्छ’, उनले भने, ‘तर केही दिन पछि त्यही पार्टीका आदरणीयहरुले सात बित्ता उफ्रिएर त्यही विधेयक प्रस्तुत गरियोस् भनिन्छ । यसरी नौटंकी गरिन्छ । कृपया यो नौटंकी बन्द गरियोस् । म अनुरोध गर्न चाहन्छु ।’