दमाैली/तनहुँकाे व्यास नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएकाे छ । कृषकले उत्पादन गरेका कृषि सामग्री बजारीकरणका लागि नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको हाे । निजी क्षेत्र र सहकारीसँग मिलेर नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनको तयारी गरेको नगरप्रमुख बैकुण्ठ न्याैपानेले जानकारी दिनुभयाे । कृषि उपज सामग्री विक्री वितरणका लागि सहज बनाउन कृषि एम्बुलेन्स खरिद गर्ने निर्णय भएको न्याैपानेले बताउनुभयाे ।
त्यस्तै ग्रामीण भेगका सर्वसाधारणलाई सुविधा दिने उद्देश्यले एम्बुलेन्स समेत खरिद गर्ने तयारी गरिएको छ । ग्रामीण भेगका सर्वसाधारणले बिरामी परेको खण्डमा महङ्गो मूल्य तिरेर सवारीसाधन भाडामा लिएर स्वास्थ्य संस्थासम्म जानुपर्ने बाध्यता रहेकाले नगरपालिकाले आफ्नै एम्बुलेन्स खरिद गर्न लागेको जनाएको छ ।