रिगलको कैद मिनाहाविरुद्धको रिटमा सुनुवाइ सकियो, फैसला भाेलि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रिगलको कैद मिनाहाविरुद्धको रिटमा सुनुवाइ सकियो, फैसला भाेलि

    खबरपुञ्ज संवाददाता

    १४ कार्तिक २०८०, बुधबार

    काठमाडाै । राष्ट्रपतिबाट कैद मिनाहा पाएका रिगल भनिने योगराज ढकालविरुद्धको रिटमा सर्वोच्च अदालतले भाेलि निर्णय सुनाउने भएको छ।

    कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा तथा न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले दुवै तर्फको बहस सुनिसकेपछि बिहीबार निर्णय सुनाउने दिन तोकेको हो।

    मंगलबार र बुधबार निरन्तर सुनुवाइ गरी पूर्ण इजलासले निर्णय दिन लागेको हो। मंगलबार सुनुवाइ नसकिएपछि रिट हेर्दाहेर्दैमा राखिएको थियो।