चितवनमा बोरामा भेटिएका दुई जनाको शवको स्केच सार्वजनिक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    चितवनमा बोरामा भेटिएका दुई जनाको शवको स्केच सार्वजनिक

    खबरपुञ्ज संवाददाता

    १६ मंसिर २०८०, आईतवार

    चितवन । चितवनको भरतपुरमा बोराभित्र पोको पारेर फालेको अवस्थामा भेटिएको दुई वटा शवको सनाखत हुन नसकेपछि प्रहरीले स्केच सार्वजनिक गरेको छ । मङ्सिर ६ मा भरतपुर महानगरपालिका–१२ स्थित मिलनचोकमा महिला र पुरुषको शव भेटिएको थियो ।

    शव पहिचानका लागी जिल्ला प्रहरी कार्यालय चितवनले सामाजिक सञ्जाल ‘फेसबुक’ मार्फत स्केच सार्वजनिक गरेको हो । ७७ वटै जिल्ला प्रहरी कार्यालय र सीमावर्ती भारतीय इलाकाहरूमा समेत हुलिया परिपत्र गर्दा मृतकहरूको सनाखत हुन नसकेको हुनाले स्केच सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितले रातोपाटीलाई बताए । डिएसपी पण्डितले भने–‘विशेषज्ञहरूको सहयोगमा तयार गरिएको स्केच सार्वजनिक गरेका छौँ, स्केचबाट आफन्त र चिनजानका मानिसहरूमार्फत शवको सनाखत गर्न सहयोग पुग्ने विश्वास छ ।’

    प्रहरीले मृतकहरूले लगाएको कपडाको विवरण पनि सार्वजनिक गरेको छ । सडे गलेको अवस्थामा भेटिएका शवको पहिचान गर्न सहयोग गरिदिन प्रहरीले ‘विशेष आग्रह’ गरेको छ । आफ्नो चिनजानका महिला र पुरुष सम्पर्कमा नआएको भए जिल्ला प्रहरी कार्यालय चितवनमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालयको सम्पर्क नम्बर ९८५५०९०१३३ र ९८५५०९०४२२ मा सम्पर्क गरेर शवको सनाखत गर्न प्रहरीले सहयोग मागेको छ ।