पर्यटनमन्त्री किराँतीको राजिनामा माग्दै राप्रपा तनहुँले जलायो पुत्ला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पर्यटनमन्त्री किराँतीको राजिनामा माग्दै राप्रपा तनहुँले जलायो पुत्ला

    खबरपुञ्ज संवाददाता

    ७ पुष २०८०, आईतवार

    दमाैली । पर्यटनमन्त्री सुदन किराँतीको राजिनामा माग गर्दै तनहुँमा पुत्ला दहन गरिएको छ । राप्रपा तनहुँले आइतबार साँझ दमौलीको मुख्य चोकमा किराँतीको पुत्ला दहन गरेको हो ।

    मन्त्री किराँतीले सनातन धर्मावलम्बीको विरुद्धमा दिएको अभिव्यक्तिका कारण आफूहरु आन्दोलनमा उत्रिएको राप्रपा तनहुँका अध्यक्ष विनोद घर्तीले बताए । सनातन धर्मावलम्बीप्रति लक्षित गरी मन्त्री किराँतीले व्यक्त गरेको भनाइले उनी त्यस पदमा बस्न लायक नदेखिएकाले तत्काल राजिनामा दिनुपर्ने उनको भनाइ थियो ।

    हिन्दु राष्ट्र कायम गर, राजसंस्था जिन्दावाद नारा लगाउँदै राप्रपाका कार्यकर्ताले मन्त्री किराँतीको राजिनामा मागेका थिए ।