क्यान्सर पीडितको उपचारार्थ निर्मल मावि २०४५ व्याचको सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    क्यान्सर पीडितको उपचारार्थ निर्मल मावि २०४५ व्याचको सहयोग

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । व्यास नगरपालिका-६ सॉगे निवासी क्यान्सर पीडित विमला शाहीको उपचारार्थ पूर्व विद्यार्थी निर्मल मावि २०४५ एसएसली समूहले आर्थिक सहयोग गरेको छ।

    समूहले निजको उपचारमा सहयोग पुर्याउन १५ हजार ५ सय सहयोग गरेको हो । उक्त रकम मंगलबार समूहको अध्यक्ष त्रिभुवन श्रेष्ठले पीडितका बाबुलाई हस्तान्तरण गरेका छन् । समूहका सदस्यबाट रकम जुटाएर सहयोग प्रदान गरिएको श्रेष्ठले जानकारी दिए ।

    उक्त समूहले यसअघि पनि विविध सामाजिक सेवामा सहयोग गर्दै आएको छ । समूहले मिर्गौला, मुटुरोगी तथा कोभिडको समयमा निशुल्क भोजन, किरियापुत्रीलाई सहयोगका साथै केही समय अगाडी सिद्धेश्वरी माविका ३३ विद्यार्थीलाई न्यानो कपडा प्रदान गरेको थियो ।