शंकर पन्तको तर्किने माया (भिडियो सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    शंकर पन्तको तर्किने माया (भिडियो सहित)

    खबरपुञ्ज संवाददाता

    १० श्रावण २०७७, आईतवार

     

    तनहुँ/ लोकदोहोरी गायक शंकर पन्तको ‘तर्किने माया’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । उहाँले हरितालिका तीजलाई मध्यजनर गर्दै आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गर्नुभएको हो ।

    गीतमा शंकर पन्तसंगै देवी घर्ती मगरको स्वर रहेको छ । शब्द र लय चर्चित लोकदोहोरी गायक पशुपती शर्माले तयार पार्नुभएको हो ।
    गीतमा झर्कोफर्को गर्ने मायालुलाई छोड्नै नसक्ने अवस्थालाई चित्रण गरेको पन्तले बताउनुभयो । उहाँले भन्नुभयो,‘युवा पुस्ताको प्रेमलाई उतारेका छौँ ।’

    मौसम हिमालीको निर्देशनमा तयार पारिएको भिडियोमा आकृती पाठक र रमेश थापाको अभिनय छ । करन चैसिरले खिचेका दृश्यका सम्पादक मनोज कार्की हुनुहुन्छ ।

    तनहुँमा रहेर लोकसंगीतमा आबद्ध पन्तका यसअगाडी ‘रातै कटाउन’, ‘साली भेना’, ‘आँगनीमा फन्को मारेर’ लगायतका तीज गीत बजारमा आएका थिए ।

    हेर्नुहोस् भिडियो