‘आइएनसीएस ग्लोबल रैथाने फुड अवार्ड २०२३’ सेफ घिसिङलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ‘आइएनसीएस ग्लोबल रैथाने फुड अवार्ड २०२३’ सेफ घिसिङलाई

    खबरपुञ्ज संवाददाता

    ६ चैत्र २०८०, बुधबार

    काठमाडौँ । अन्तर्राष्ट्रिय नेपलीज सेफस सोसाइटी यूकेले ( International Nepalese Chefs Society UK ) यस वर्षको रैथाने खानाको खोजी, अध्ययन र नेपाली खानाको प्रवद्र्धन गर्न हौसला स्वरुप स्थपाना गरेको “आइएनसीएस ग्लोबल रैथाने फुड अवार्ड २०२३” (INCS GlOBAL’S RAITHANE FOOD AWARD 2023 ) युवा सेफ प्रेमलाल घिसिङलाई प्रदान गरेको छ ।

    कूल ५० हजार रुपैया राशिको सो पुरस्कार रैथाने खाना, लोक परिकार अनुसन्धान संकलकसहित १०१ दिनको खोजी यात्राका अभियान र खोजीकर्ता सेफ घिसिङलाई सो संस्थाका मेण्टर सूर्यकिरण श्रेष्ठले सोमबार प्रदान गरेका हुन् । लामो समयदेखि क्यान्सर रोगबाट पीडित सेफ घिसिङ मेडिकेयर अस्पतालमा उपचाररत छन् ।

    संस्थाका अध्यक्ष अर्जुनबहादुर थापाले सेफ घिसिङको उपचारको लागि विभिन्न सेफहरुबाट संकलित २ लाख रुपैया यस अघि प्रदान गरिएको जानकारी दिँदै थप उपचारको लागि सक्दो सहयोग गर्न सबैलाई अपिल समेत गरेका छन् ।

    एक विशुद्ध पेशागत संस्थाका रुपमा बेलायतको कम्पनी हाउसमा सन् २०२० मा अन्तर्राष्ट्रिय नेपलीज सेफ सोसाइटी युके गठन भएको थियो ।

    यसले आफ्नो स्थापनाकालदेखिनै नेपालभित्र र बाहिर रहेका नेपाली सेफहरूको व्यावसायिक क्षमता एवम् स्तर उँचो पार्दै नेपाली खानाको प्रवद्र्धन गर्ने कार्यमा सदैव क्रियाशील रहेको छ । संस्थाको स्थापनासँगै यसको गतिविधि र क्रियाकलापलाई निरन्तरता दिन तनहुँ बन्दिपुर गाउँपालिका बेलभञ्ज्याङका अर्जुनबहादुर थापा ( हाल स्वीजरल्याण्ड) यस संस्थाका अध्यक्ष र नेपालको हस्पिटालीटी शैक्षिक क्षेत्रमा प्रतिष्ठित सूर्यकिरण श्रेष्ठ मेण्टर रहेका छन् ।