च्याम्पियन्स लिग : डर्टमण्डद्वारा पिएसजी पराजित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    च्याम्पियन्स लिग : डर्टमण्डद्वारा पिएसजी पराजित

    खबरपुञ्ज संवाददाता

    १९ बैशाख २०८१, बिहीबार

    काठमाडौं । युरोपियन च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनल खेलेको पहिलो लेगमा जर्मन क्लब बोरुसिया डर्टमण्डले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १-० ले पराजित गरेको छ ।

    घरेलु मैदानमा भएको खेलमा डर्टमण्डलाई जित दिलाउन निकलस फुलवर्गले गोल गरे । जर्मन इन्टरनेशनल फुलवर्गले ३६औं मिनेटमा गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए ।

    पहिलो हाफमा पीएसजीले खेलमा पकड बनाएपनि सट अन टारग्ट राख्न सकेन तर डर्टमण्डले पाएको अवसरलाई सदुपयोग गरेको थियो । यी दुई टोलीबीच मे ७ मा दोस्रो लेगको खेल पीएसजीको मैदानमा हुनेछ ।