सर्वोच्चले मुद्दा किनारा नलगाएसम्म प्रदेश सभा बैठक बहिष्कार गर्ने गण्डकी कांग्रेसको निर्णय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    सर्वोच्चले मुद्दा किनारा नलगाएसम्म प्रदेश सभा बैठक बहिष्कार गर्ने गण्डकी कांग्रेसको निर्णय

    खबरपुञ्ज संवाददाता

    ९ जेष्ठ २०८१, बिहीबार

    पोखरा । नेपाली कांग्रेसले सर्वोच्चमा दायर भएको मुद्दा किनारा नलागेसम्म गण्डकी प्रदेश सभा बैठकमा सहभागी नहुने निर्णय गरेको छ।

    कांग्रेस गण्डकीले बिहिवार विज्ञप्ती जारी गर्दै सर्वोच्चमा दायर रिटबारे निरन्तर सुनुवाइ भइरहेको र जेठ १८ गते अन्तिम सुनुवाइ हुने भएकोले त्यसअघि प्रदेश सभा बैठकमा सहभागी नहुने निर्णय गरेको जनाएको हो ।

    मंगलबार बहस नसकिएपछि सर्वोच्च अदालतका न्यायाधिश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखेको छ ।

    ६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको समर्थन चाहिने भए पनि सभामुख कृष्णप्रसाद धितालले ३० सांसदकै समर्थनमा मुख्यमन्त्री अधिकारीले विश्वास मत पाएको प्रदेश सभामा घोषणा गरेपछि कांग्रेसले वैशाख २५ गते सर्वोच्चमा रिट दिएको थियो ।