व्यासको पुनः मतगणना : निर्वाचन कार्यालयले पठायो मेयर उम्मेदवारलाई जानकारीपत्र
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासको पुनः मतगणना : निर्वाचन कार्यालयले पठायो मेयर उम्मेदवारलाई जानकारीपत्र

    खबरपुञ्ज संवाददाता

    २८ जेष्ठ २०८१, मंगलवार

    दमाैली । निर्वाचन कार्यालय तनहुँले व्यास नगरपालिकाका मेयर उम्मेदवारलाई असार २ गते पुनः मतगणना हुने सम्बन्धमा जानकारीपत्र पठाएको छ । कार्यालयले मङ्गलबार ११ जना मेयरका उम्मेदवारलाई पत्र पठाउँदै असार २ गते मतगणना हुने जानकारी दिएको हो ।

    कार्यालयकी निमित्त जिल्ला निर्वाचन अधिकारी दुर्गामाया आलेले उच्च अदालत पोखराको संयुक्त इजलासबाट विसं २०८१ जेठ १ मा व्यास नगरपालिका तनहुँको नगरप्रमुख पदको निर्वाचनका लागि विसं २०७९ मा भएको निर्वाचनको मतगणना कार्य बदर भइ मिति २०८१ असार २ गते बिहान १० बजे मतगणना गर्ने गरी आदेश भएकाले उच्च अदालत पोखरामा मतगणना हुने जानकारी गराएकी छन् ।

    कार्यालयले नेकपा (माले) का उम्मेदवार अन्जना थापा, स्वतन्त्र उम्मेदवार पार्वती कार्की, मङ्गोल नेशनल अर्गनाइजेशनका अनिता थापा मगर, मौलिक जरोकिलो पार्टीका रमेश पौडेल, विवेकशील साझा पार्टीका रमेशप्रसाद आचार्य, स्वतन्त्र उम्मेदवार धनबहादुर परियार, दीपकराज जोशी, राष्ट्रिय प्रजातन्त्र पार्टीका दौलत अधिकारी, नेकपा (माओवादी) केन्द्र अतिन्द्रकेशरी न्यौपाने, राष्ट्रिय जनमुक्ति पार्टीका मिना थापा र नेपाली काङ्ग्रेसका वैकुण्ठनाथ न्यौपानेलाई जानकारी पत्र पठाएको छ ।