छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा तीन जनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा तीन जनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २४ असार २०८१, सोमबार

    काठमाडाै ।  छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । महोत्तरीको सम्सी गाउँपालिका–४ स्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री स्थानीय धिरेन्द्र यादवकी छोरी ४ वर्षीया काजल यादवको सोमबार बिहान मृत्यु भएको छ ।

    ठक्करबाट गम्भीर घाइते भएकी उनको जनक नन्दनी अस्पताल सम्सी हुँदै प्रादेशिक अस्पताल जनकपुरमा थप उपचारको क्रममा मृत्यु भएको छ । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

    सर्लाहीको कौडेना गाउँपालिका–२ स्थित सडकमा बीआर ०६ एभी ३१६० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री कौडेना गाउँपालिका–२ फुलपरासी बस्ने ७० वर्षीया दुखिया देवीको सोमबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बाईपासस्थित सडकमा भैरहवाबाट बेलहियातर्फ जाँदै गरेको पीबी १० जेडी ९३१५ नम्बरको ट्यांकरले लु१७प ६७२३ नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सियारी गाउँपालिका–१ कोटिमाई बस्ने ६५ वर्षीय प्रेमबहादुर कार्कीको घटनास्थलमै मृत्यु भएको छ । ट्यांकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।