दैवी प्रकाेप कोषमा सरकारले १ अर्ब जम्मा गर्ने, प्रधानमन्त्रीसहित मन्त्रीको एक महिनाको तलब
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    दैवी प्रकाेप कोषमा सरकारले १ अर्ब जम्मा गर्ने, प्रधानमन्त्रीसहित मन्त्रीको एक महिनाको तलब

    खबरपुञ्ज संवाददाता

    १३ आश्विन २०८१, सोमबार

    काठमाडौं । सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा १ अर्ब जम्मा गर्ने निर्णय गरेको छ ।

    सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले १ अर्ब सरकारले कोषमा जम्मा गर्ने र उक्त रकम अर्थ मन्त्रालयमार्फत जम्मा गर्ने निर्ण भएको हो ।

    बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब तथा सेवा सुविधा कोषमा जम्मा गर्ने निर्णय पनि भएको एक मन्त्रीले जानकारी दिए ।

    उनका अनुसार बैठकले अवरुद्ध भएका सडक तत्काल सञ्चालन गर्नका लागि पहल गर्ने, महंगी तथा कालोबजारी नियन्त्रणमा कडाई गर्ने निर्णय पनि गरेको छ ।