गल्वुवेशीमा ट्याक्टरको ठक्करबाट सात वर्षीय बालकको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गल्वुवेशीमा ट्याक्टरको ठक्करबाट सात वर्षीय बालकको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २० आश्विन २०८१, सोमबार

    दमौली । व्यास नगरपालिका-१ गल्बुवेशीमा ट्याक्टरको ठक्करबाट सोमबार सात वर्षीय बालकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा सविन कुमाल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । ग १ त ७०३१ नम्बरको ट्याक्टरको ठक्करबाट विद्यालय जान लागेका कुमालको मृत्यु भएको प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए ।

    ट्याक्टरको ठक्करबाट घाइते उनको रत्नहरि अस्पतालमा मृत्यु भएको उनले बताए ।