होटल बाराहीमा दशैँ भोज सुरु, कति लाग्छ शुल्क ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    होटल बाराहीमा दशैँ भोज सुरु, कति लाग्छ शुल्क ?

    खबरपुञ्ज संवाददाता

    २३ आश्विन २०८१, बिहीबार

    काठमाडौँ । नेपालको चेन हस्पिटालिटीमा स्थापित ब्रान्ड बाराही ग्रुपका दुई होटल, होटल बाराही पोखरा र होटेल बाराही काठमाडौँमा दशैँ भोज  सुरु भएको छ ।

    दशैँका खानेकुरा पस्कने उद्देश्यले असोज २४ देखि २६ सम्म भोज आयोजना गरिएको वाराही ग्रुपका कर्पोरेट डाइरेक्टर योगेन्द्र थापाले जानकारी दिए ।  भोजमा भुटुवा, सेकुवा लगायतका मासुका परिकार, सेल रोटी, अचार, बाराका साथै दशैँका विशेष परिकार रहनेछन् । 

    होटल बाराही काठमाडौँमा साँझ साढेँ ५ बाट सुरु हुने डिनर सेट मेनुको रूपमा उपलब्ध हुनेछ । होटेल बाराही पोखरामा दिउँसो साढेँ १२ देखि तीन बजेसम्म बफे लन्च चल्नेछ । 

    पोखरामा लागि प्रति सेटको शुल्क २ हजार रुपैयाँ निर्धारण गरिएको छ भने काठमाडौँमा भेज सेटको लागि १ हजार ८ सय रुपैयाँ र ननभेज सेटको लागि २ हजार रुपैयाँ तोकिएको छ।

    दशैंमा बाहिर गएर रमाइलो गरौँ भन्नेहरूका साथै पर्यटकहरूलाई लक्षित गर्दै होटल वाराहीले यस वर्ष दशैं भोज आयोजना गरिएको  थापाले जानकारी दिए । 

    बाराही ग्रुप अन्तर्गत चितवनको मेघौलीमा वातावरण मैत्री लक्जरी रिजोर्ट, चार तारे स्तरको होटल वाराही काठमाडौँ र चार तारे होटल बाराही पोखरा सञ्चालनमा छन् । त्यसै गरी पोखरामा सराङकोट माउन्टेन लज, आवास पोखरा, द बिच एन्ड बार र व्यञ्जन रेस्टुरेन्ट पनि वाराही ग्रुप अन्तर्गत नै सञ्चालनमा छन् । पोखराकै सेदीमा बाराहीको पाँच तारे होटल निर्माणाधीन छ ।