कन्यादेवीका विद्यार्थीले गरे सांस्कृतिक र शैक्षिक स्थलको अवलोकन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    कन्यादेवीका विद्यार्थीले गरे सांस्कृतिक र शैक्षिक स्थलको अवलोकन

    खबरपुञ्ज संवाददाता

    १४ मंसिर २०८१, शनिबार

    दमौली । ऑबुखैरेनी गाउँपालिका-६ हिलेखर्कस्थित कन्यादेवी माविको शुक्रवार सिकाई विशेष कार्यक्रम अन्तर्गत कक्षा ८ का विद्यार्थीहरूलाई विभिन्न शैक्षिक र सांस्कृतिक स्थलहरूको अवलोकन गराइएको छ ।

    विद्यार्थीहरूलाई स्थानीय प्रशासनिक भवन, नमुना विद्यालय रामशाह मावि., पर्यटकीय स्थल ऐनापहरा, मर्स्याङ्दी नदीको मोटरबोट यात्रा र आँबुखैरेनी हाटबजारको भ्रमण गराइएको हो । यसले विद्यार्थीहरूलाई स्थानीय इतिहास, संस्कृतिका साथै विभिन्न सेवा र सुविधा अवलोकन गर्ने अवसर प्रदान गरेको विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले बताए ।

    यस किसिमका कार्यक्रमहरूले विद्यार्थीहरूको समग्र विकासमा महत्वपूर्ण योगदान पुग्ने गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।