पोर्चुगलमा बस्ने दमौलीका युवाबाट मिर्गाैला पीडितलाई सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    पोर्चुगलमा बस्ने दमौलीका युवाबाट मिर्गाैला पीडितलाई सहयोग

    खबरपुञ्ज संवाददाता

    २४ श्रावण २०७७, आईतवार

    तनहुँ । तनहुँको दमौली घर भई पोर्चुगलमा रहेका तनहुँका युवाहरुको समूहले दुई मिर्गौला बिरामीलाई आर्थिक सहयोग गरेका छन् । सुवास गुरुङको संयोजनमा पोर्चुगलमा रहेका दमौलीका युवाहरुबाट सङ्कलित रु ४५ हजार ३ सय ७० मध्य दमौलीका रामलाल श्रेष्ठलाई रु ३० हजार ३ सय ७० र दमौली घर भई चितवन बस्दै आउनुभएका राजु श्रेष्ठलाई रु १५ हजार प्रदान गरिएकाे छ ।

    दमौलीका मिर्गौला बिरामी रामलाल श्रेष्ठलाई नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला परिषद् तनहुँकी अध्यक्ष बसुन्धरा घर्तीले उक्त रकम हस्तान्तरण गर्नुभएकाे हाे । श्रेष्ठका छोरा वल्डलिङ्क इन्टरनेटमा कार्यरत सुवासको केही दिन अघि कामको शिलशिलामा करेण्ट लागेर ज्यान गएको थियो ।

    दमौली स्थायी घर भई वैदेशिक रोजगारीको शिलशिलामा पोर्चुगलमा बस्दै आउनुभएका सुवास गुरुङ, सुभाष गुरुङ, रमेश पुरी, बिशाल थापा, राज गुरुङ, खेम गुरुङ, निकेश सुनार, जनक थापा, मदन श्रेष्ठ, सन्तोष श्रेष्ठ, दर्शन मगर, खिम दरै, रबि श्रेष्ठ, स्टेभ केशी, अनिल पुलामी मगर लगायतका युवाहरुबाट सङ्कलित उक्त रकम पत्रकार समुन्द्र पौडेलको स्थानीय सहजीकरणमा दुवै मिर्गाैला पीडितलाई सहयाेग गरिएकाे हाे ।