जिपीमा मुटुरोग परीक्षण शिविर : सात सय ८० जना लाभान्वित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जिपीमा मुटुरोग परीक्षण शिविर : सात सय ८० जना लाभान्वित

    खबरपुञ्ज संवाददाता

    १८ बैशाख २०८२, शुक्रबार

    दमौली, १९ वैशाख । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा बिहीबार आयोजित निःशुल्क मुटुरोग परीक्षण तथा उपचार शिविरमा सात सय ८० जना लाभान्वित भएका छन् ।

    उपचार केन्द्रको आयोजना तथा सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा तनहुँका विभिन्न पालिकाका सात सय ८० जना लाभान्वित भएका हुन् । शिविरमा तनहुँका विभिन्न पालिका तथा नियमित उपचारमा रहेकाहरु समेत लाभान्वित भएको उपचार केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिए । त्यसमध्ये तीन जना थप उपचारका लागि गङ्गालाल हृदयरोग केन्द्र रिफर गरिएको उहाँको भनाइ छ ।

    उनले भने, “कतिपय बिरामीहरु पहिल्यैदेखि गङ्गालालमा उपचार गराइरहनुभएको थियो । उहाँहरुलाई यहाँ आयोजित शिविरले फलोअपमा सहयोग पुग्यो ।”

    शिविरमा मुटुरोग विशेषज्ञबाट परीक्षण, निःशुल्क इसिजी सेवा, मुटुको निःशुल्क भिडियो एक्सरे सेवा, निःशुल्क सुगर जाँच सेवा, सहिद गङ्गालाल राष्ट्रिय केन्द्रमा उपलब्ध निःशुल्क तथा सशुल्क सेवा सम्बन्धी जानकारी प्रदान गरिएको थियो ।

    शिविरमा गङ्गालालबाट ११ जनाको स्वास्थ्यकर्मीले सेवा प्रदान गरेका थिए । मुटुरोगीहरुको पहिचान गरी आवश्यक पर्नेलाई निःशुल्क तथा सहुलियतमा हृदय केन्द्रमा उपचारको व्यवस्था मिलाउने उद्धेश्यसहित शिविर आयोजना गरिएको हो ।