


दमाैली, २९ असार । तनहुँकाे घिरिङका स्थानीय युवाहरुले श्रङ्गपथ मोटरमार्ग र कृष्ण मोटरमार्ग स्तराेन्नतिका लागि पहल नगरेकाे भन्दै तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारी र प्रदेश सभा सदस्य जितप्रकाश आलेलाई बाटाे छेकेका छन् ।
लामाे समयदेखि उक्त माेटरमार्ग स्तराेन्नित नहुँदा यस भेगका जनताले सास्ती भाेग्नुपरेकाे भन्दै उनीहरुले सांसदद्वयलाई बाटाेमा अवराेध गरेका हुन् ।
ऋषिङ गाउँपालिका-४ काे वडा कार्यालय भवन उद्घाटनका लागि जाँदै गरेका उनीहरुलाई घिरिङ-५ देउरालीमा अवराेध गरिएकाे थियाे ।
त्यसक्रममा सांसद भण्डारीले जनताले राखेकाे माग जायज रहेकाे बताए । अदालती प्रकृयाका कारण बाटाेकाे काम अगाडी बढ्न नसकेकाे बताउँदै उनले अदालती प्रकृया टुङ्गिएपछि बाटाेकाे स्तराेन्नितकाे काम अगाडी बढ्ने उल्लेख गरे ।