ऑबुखैरेनीस्थित मर्स्याङ्दी नदी किनारमा शव फेला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनीस्थित मर्स्याङ्दी नदी किनारमा शव फेला

    खबरपुञ्ज संवाददाता

    ६ भाद्र २०८२, शनिबार

    दमौली, ७ भदौ । तनहुँको ऑबुखैरेनी गाउँपालिका-२ ढापटारस्थित मर्स्याङ्दी नदी किनारमा शनिबार बिहान एक शव फेला परेको छ । 
    नामथर वतन नखुलेको अन्दाजी ३०/३५ वर्षीय पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। 

    स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आशिष विश्वकर्माले घटनाको अनुसन्धान भइरहेको र मृतकको सनाखत गर्ने प्रयास गरिएको जानकारी दिए ।