लिपुलेक, लिम्पियाधुरा हाम्रो हो भन्दै काठमाडौंमा नेविसंघको प्रदर्शन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    लिपुलेक, लिम्पियाधुरा हाम्रो हो भन्दै काठमाडौंमा नेविसंघको प्रदर्शन

    खबरपुञ्ज संवाददाता

    ८ भाद्र २०८२, सोमबार

    काठमाडाै, ९ भदाै । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो भन्दै नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले साेमबार काठमाडाैमा प्रदर्शन गरेको छ।

    ‘इतिहास, नक्सा, संविधान- लिपुलेक, लिम्पियाधुरा हाम्रो हो’ भन्दै नेविसंघ केन्द्रीय समितिले सोमबार माइतीघर मण्डलमा प्रदर्शन गरेको संघका केन्द्रीय सदस्य राजेशकुमार श्रेष्ठले जानकारी दिए ।

    लिपुलेक हाम्राे गाैरव भएकाे बताउँदै श्रेष्ठले भारत-चीनकाे व्यापार सम्झाैता अस्वीकार्य रहेकाे उल्लेख गरे । भारत र चीनले उक्त सम्झाैता नसच्याए थप आन्दाेलनका कार्यक्रम गरिने उनले चेतावनी दिएका छन् ।

    भारत र चीनबीच हालै व्यापार सम्झौता भएपछि नेपालको लिपुलेक, लिम्पियाधुरा क्षेत्रबारे फेरि चर्चा भइरहेको छ। नेपालले कूटनीतिक माध्यमबाट नै यस विषयमा भारतसँग कुरा गरिने बताइरहेको छ।