


काठमाडाै, ३१ भदाै । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र धरानका मेयर हर्क साम्पाङबीच सामाजिक सञ्जालमा चलिरहेको वाकयुद्ध राेचक मोडमा चलिरहेकाे छ ।
अन्तरिम सरकारको प्रधानमन्त्री बन्न नपाएपछि आफूमाथि खनिएका हर्क साम्पाङलाई बालेनले भनेका छन्- “डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन। एकतर्फी नै सही, तर मेरो माया साँचो हो। यू आर माइ ट्रु लभ।”