शुक्लागण्डकीमा माइक्रोको ठक्करबाट बाबुछोरा घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकीमा माइक्रोको ठक्करबाट बाबुछोरा घाइते

    खबरपुञ्ज संवाददाता

    २१ आश्विन २०८२, बुधबार

    दमौली, २२ असोज । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका-२ चुनेमुढामा बुधबार माइक्रोको ठक्करबाट दुई जना घाइते भएका छन् ।

    दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा ३ ख १०५९ नम्बरको माइक्रो र विपरित दिशा तर्फबाट आउँदै गरेको ग १५ प ८२१० नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खॉदा मोटरसाइकलमा सवार बाबुछोरा घाइते भएका हुन् ।

    घाइते हुनेमा कास्कीको पोखरा महानगरपालिका-३३ बस्ने १८ वर्षीय प्रवेश लामिछाने र ४७ वर्षीय प्रेमराज लामिछाने घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक आशिष विकले जानकारी दिए । दुवै जनाको अवस्था गम्भीर रहेको र पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।