३०० करोड क्लब नजिक पुग्यो ‘कान्तारा चप्टर १’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    ३०० करोड क्लब नजिक पुग्यो ‘कान्तारा चप्टर १’

    खबरपुञ्ज संवाददाता

    २२ आश्विन २०८२, बिहीबार

    नयाँ दिल्ली, २३ असाेज ।  ऋषभ शेट्टीद्वारा अभिनीत र निर्देशित ‘कान्तरा च्याप्टर १’ले लोभै लाग्दो कमाइ गरिरहेको छ । फिल्मले अहिलेसम्म २९० करोड भारु कमाएको छ । छैटौँ दिनमा फिल्मले ३३ करोड ५० लाख भारु कमाएको छ । फिल्मको कमाई हेर्दा यो छिटै नै ३०० करोड क्लबमा सामेल हुने देखिन्छ ।

    भारतीय बक्स अफिसमा यतिबेला कान्तरा च्याप्टर १ को दबदबा छ । यस्तोमा अन्य फिल्म दबाबमा आएका छन् । जान्हवी कपूर र वरुण धवनको अभिनय रहेको ‘सनी संस्कार की तुलसी कुमारी’को कलेक्सनमा व्यापक कमी आएको छ । फिल्मले मंगलबार छैटौँ दिनमा ३ करोड भारु मात्रै कमाएको छ । योसँगै फिल्मको कुल कलेक्सन ३६ करोड २५ लाख भारु भएको छ ।