प्रदेश अस्पतालमा रगतको कमी भएपछि सुदीपको सक्रियतामा रक्तदान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रदेश अस्पतालमा रगतको कमी भएपछि सुदीपको सक्रियतामा रक्तदान

    खबरपुञ्ज संवाददाता

    १ कार्तिक २०८२, शनिबार

    दमौली, १ कात्तिक । तनहुँ सदरमुकाम दमौलीस्थित प्रदेश अस्पतालमा रगतको अभाव भएपछि आकस्मिक रक्तदान कार्यक्रम गरिएको छ । सामाजिक अभियान्ता सुदीप गफ्फारको सक्रियतामा शनिबार व्यास नगरपालिका–३ अनसन चौतारीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

    अस्पतालमा बिरामीलाई रगतको अभाव भएको थाहा पाएपछि रक्तदानमार्फत् रगत सङ्कलन गरिएको हो । अस्पतालमा उपचार गर्न आउने बिरामीलाई रगतको अभाव हुँदा तत्कालै रक्तदाता खोजेर रगतको व्यवस्था गर्ने समेत गरिएको बताउँदै गफ्फारले रक्तदानमार्फत् अस्पतालमा रगतको माग पूर्ति गर्न सहयोग पुग्ने बताए ।

    उनले भने, “तत्कालै रगत चाहिँदा रक्तदाता खोजेर पनि रगतको व्यवस्था मिलाइरहेका छौ । अहिले अस्पतालमा रगतको कमी भएकाले रक्तदान कार्यक्रममार्फत् रगतको सङ्कलन गर्ने प्रयास गरेका हौ ।”

    व्यास नगरपालिका–३ का वडाध्यक्ष अनुप रानाले रगतको अभावका कारण कसैले पनि अकालमा ज्यान गुमाउन नहुने बताउँदै तीन महिनामा पुनः रक्तदान गर्न सकिने भएकाले त्यसतर्फ ध्यान दिन सबैलाई आग्रह गरे । उनले भने, “४०÷५० वर्ष पुगेपछि धेरै प्रकारका रोगले गर्दा रगत दिन मिल्दैन, युवाहरुले नै सक्रिय भएर रक्तदान गरिरहनुपर्छ ।”

    नेपाल रेडक्रस सोसाइटी तनहुँका अध्यक्ष प्रा.डा. कृष्णप्रसाद गौतमले धेरै दानमध्ये संवेदनशील दान भनेको रक्तदान भएको उल्लेख गरे । दमौली अस्पतालमा शल्यक्रिया, प्रसुती, डायलासिसका लागि रगतको माग भइरहने बताउँदै उनले भने, “कहिले रगत हुन्छ रगतको प्रयोग नभइ खेर जाने अवस्था छ । कहिले रगतको माग हुँदा रगत हुँदैन । अहिले दमौली अस्पतालमा केही समयदेखि रगतको अभाव भइरहेका बेला यस्ता कार्यक्रमले धेरै ठूलो सहयोग पुग्छ ।”

    त्यसक्रममा १७ पिन्ट रगत सङ्कलन भएको छ ।