प्रहरी निरीक्षक थापा आइजिपी खापुङबाट सम्मानित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रहरी निरीक्षक थापा आइजिपी खापुङबाट सम्मानित

    खबरपुञ्ज संवाददाता

    २ कार्तिक २०८२, आईतवार

    चितवन, २ कात्तिक । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका प्रहरी निरीक्षक मुनेन्द्र थापा प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङबाट सम्मानित भएका छन् ।

    नेपाल प्रहरी कल्याण कोषको बजेटबाट नवनिर्मित नेपाल प्रहरी कल्याण कोष पेट्रोल पम्प कावासोती, नवलपरासी (बर्दघाट सुस्तापूर्व) को स्थापनाका लागि सक्रिय सहभागिता र समन्वय गरी उत्कृष्ट क्षमता प्रदर्शन गरेबापत प्रहरी निरीक्षक थापा सम्मानित भएका हुन् ।

    आइतबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक खापुङले प्रहरी निरीक्षक थापालाई प्रशंसापत्रले सम्मान गरेका छन् ।

    नेपाल प्रहरी कल्याण कोषको कुल १० करोड ९८ लाख ८ हजार ९ सय ६६ रूपैयाँको लागतमा उक्त पेट्रोल पम्प तथा पूर्वाधारहरूको निर्माण कार्य सम्पन्न भएको हो ।