


दमौली, २४ मंसिर । तनहुँको दमौलीमा नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा हुने भएको छ । मङ्सिर २६ गते शुक्रबार दमौलीमा सन्देश सभा गर्न लागिएको हो ।
खुल्लामैदानमा हुने सन्देशसभालाई सो पार्टीका नेता एवं पूर्वमन्त्री पम्फा भुषालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
पार्टी एकता र संगठन सुदृढीकरणका उद्धेश्यले आयोजना गर्न लागिएको सन्देश सभामा जिल्लाका विभिन्न ठाउँबाट कार्यकर्ताको सहभागिता रहेको आयोजकले जनाएको छ।
