नेकपाको अबको बाटो के ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    नेकपाको अबको बाटो के ?

    विवि श्रेष्ठ

    १३ भाद्र २०७७, आईतवार

    विश्वको राजनीतिमा कम्युनिष्ट पार्टीको शासन व्यवस्था ढर्मराउदै गर्दा नेपालमा भने कम्युनिष्ट पार्टीको नेतृत्वमा करिव दुईतिहाईको सरकार बन्यो । कम्युनिष्टको परिभाषा देश र भुगोल अनुसार अलग अलग रहेको हुन्छ । नेकपाको नेतृत्व तहका नेताहरु नै देशको आवश्यकता अनुसारको कम्युनिष्ट पार्टी को व्याख्या गरिरहेको पाईन्छ । यहि सन्र्दभमा नेपालको कम्युनिष्ट पार्टीले अत्याधिक मतका साथ जनताको अभिमत पाएर सरकार संचालन गरिरहदाँ अव नेपाल कम्युनिष्ट पार्टीको बाटो के हो भन्ने बहस हुनु आवश्यकता हुन आउँछ । लामो समयसम्म सरकार गिर्ने र बनाउने खेलबाट आजित भएको नेपाली जनताहरुले स्थिर सरकार र विकास तथा समृद्धिका लागि अभिमत दिएका हुन् भन्ने कुराको हेक्का राख्नु पर्दछ ।

    सात प्रदेश मध्ये छ प्रदेशमा नेकपाको एकल बहुमतको सरकार संचालन भईरहेको छ । यो बेलामा हिजो जनतासँग गरिएका प्रतिवद्धता र विकास निर्माण लगायत समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानमा यो कम्युनिष्टका सरकार कति जिम्मेवार बनिरहेको छ भन्ने नजिकबाट नियालिरहेका छन् । हिजो जनतासामु गरेका बाचा वन्धन र समयको गतिलाई समात्न नसक्ने हो भने नेकपाको सरकार प्रति पनि आम जनताको भरोसा टुट्ने निश्चित छ । विगतका केहि महिना अगाडीदेखि कोभिडले तहस नहस पारेको सन्र्दभमा त्यसलाई पुर्नताजगी गरि अगाडी बढ्नु नेकपाको चुनौती हो । शक्ति संघर्ष र पदीय भागबण्डाले नेपालका राजनितीलाई आक्रान्त पारेको सन्र्दभमा र हालै भएको कार्यदलको प्रतिवेदनले सहमतिको खाका कोरेपछि त्यसको व्यवहारिक कार्यान्वयन नेकपाको अर्को चुनौती हो । निश्चय पनि राजनैतिक पार्टीको नीति, विचार र सिद्धान्त अनुरुप सरकार चल्नुपर्दछ, यसको विकल्प छैन । तर यो भन्दैमा राजनैतिक पार्टीको नेतृत्वले गन्तव्य भुलिदिँदा, शक्ति र सत्तामा मात्र समय व्यतित गर्दा जनताले कसरी हेरेका होलान भन्ने कुरा भुल्नुहँुदैन ।अहिले नेकपाको सबैभन्दा ठूलो चुनौती यहि हो ।

    जनता के चाहन्छन् र अगामी कार्ययोजना के भन्ने कुराको हेक्का नहुने भने नेकपाको सरकार पनि विगतको नेपाली कांग्रेसको बहुमतको सरकार भन्दा पृथक बन्न सक्दैन । एक्काईसौ शताव्दी पनि जनताको आवश्यकताबोध गर्न नसक्नु र जनतालाई भोट बैकका रुपमा सोचेर अगाडी वढ्ने हो भने नेकपाको यो सरकार पनि जनताबाट तिरस्कृत हुनुको विकल्प छैन । राजनैतिक पार्टीको नेताहरुको सोच र व्यवहारमा अब पनि कुनै किसिमको जनताप्रतिको दायित्वबोध भएन भने नेपालमा राजनैतिक पार्टी र तिनका नेतृत्वकर्ता प्रतिको विश्वास रहदैन । नेकपाको सरकारले देश संचालन गरिरहँदा पार्टीभित्रको पदीय अन्र्तविरोध आखिर पद र शक्तिका लागि मात्र रहेछ भन्ने कुरा प्रष्ट भईसकेको छ । जतिसुकै विधि विधान र संस्थागतको विषय बनाए पनि त्यो त केवल आफू सत्ता र शक्तिमा रहनका लागि गरिएको तिकडम मात्र रहेछ, जसको पटाक्षेप जनतासामु भइसकेको छ । यहि रवैयामा अगाडी बढ्ने हो भने भोलिका दिनमा हुने दुरगामी असरले पार्टी भित्र तिकडमवाज गर्नेहरुको भविश्य के होला ? जनता के चाहन्छन भन्ने भन्दा पनि व्यक्ति के चाहन्छ भन्ने सोचले ग्रसित नेतृत्वगणहरु अवका दिनमा पार्टीको एजेण्डा र जनताको आवश्यकतामा ध्यान नदिने हो भने बाँकीको समय पनि यहि शक्ति र सत्ताको हानाथापामा नै गुज्रिनेमा कुनै शंका छैन । शक्ति र सत्ता त केवल साधन मात्र हुन् साध्य होईन भन्ने समेत बुझन नसक्ने राजनीतिज्ञबाट नयाँ नेपालको निर्माण सम्भव छैन । सरकार एक्लै केहि होइन, त्यो भन्दा बलियो राजनैतिक पार्टीको नेतृत्व हुन्छ । सरकारले चाहेरमात्र विकास र समृद्धि सफल हुन सक्दैन, यसका लागि सरकारको नेतृत्व गरेको राजनैतिक पार्टीको नेताहरु पनि सकारात्मक हुनुपर्दछ । तर नेपालको राजनितीमा त्यो राजनैतिक चरित्र न हिजो देखियो, न भोलि नै देखिन्छ । नेपाल र नेपालीको दुर्दशा नै यहि हो ।

    शक्ति र सत्तामा आसिन रहनु महत्वपूर्ण होईन, त्यो पदमा रहेर कति देश र जनताका लागि काम भए, भन्ने कुरा महत्वपुर्ण हो । विश्वको ईतिहासलाई हेर्ने हो भने कति समय सत्तामा रहयो भन्नेले होईन, सत्तामा रहदाँ कति काम भयो भन्ने कुराले अर्थ राख्दछ । सृष्टिको निरन्तरतामा समय अविचलित यात्री हो, त्यसका यात्रु हामीहरु कति यात्राका सहजकर्ता वन्यौ, त्यो महत्वपुर्ण हो । नेकपाको सरकारले अन्य सरकारका तुलनामा केहि दीर्घकालिन र राष्ट्रिय स्वधिनताका विषयमा महत्वपुर्ण भुमिका खेलेता पनि सिगो जनजीविकाका पक्षमा खेलेको भुमिकालाई सन्तोषजनक मान्न सकिदैन । म हैन, देश र जनतानै सर्वोपरी हो भन्ने मान्यतामा अडिग नहुने भने नेकपाको भविष्य छैन । आत्मकेन्द्रित मनोवृत्तिवाट निस्कने हिम्मत नराख्ने हो भने अवसरले सधै सवैलाई साथ दिन सक्दैन । ईतिहासलाई भजाएर व्याज खाने दिन अव छैन । विश्व भुमण्डलीकृतको सन्र्दभमा विचार र दृष्टिकोण सहितको कार्ययोजना र त्यसको सफल कार्यन्वयन गर्ने संकल्प विनाको राजनिती अव कसैको पेवा वन्न सक्दैन । नेकपाको सरकारका सामु विविध चुनौती रहेको सन्र्दभमा समयमा नै चिर्न नसकिने हो भने जनतासामु वितृण्णा जाग्ने छन् । जुन वितृष्णाले कुनै पनि नेतागणलाई भोलिका दिनमा टिक्न त्यति सहज हुने छैन ।

    नेकपाको सरकारले अबको बाटो के भन्ने कुराको भेउ पाउन सक्नुपर्दछ । देश र जनता के चाहन्छन ? त्यसको वस्तुनिष्ठ विश्लेषण गर्नुपर्दछ । लोकतान्त्रिक व्यवस्थामा प्रतिष्पर्धा अवश्यभावि नै हुन्छ, त्यो प्रतिष्पर्धामा उत्रनका लागी पनि नेकपाले अबको वाटो क्लियर वनाएर अगाडी नै वढ्नुपर्दछ । पदिय र शक्ति संघर्षमात्र लोकतान्त्रिक हो भन्ने कुत्सित मनसाय राखेर मा नेकपा अबका दिनमा कदापी अगाडी बढ्न सक्दैन ।