सात वर्षपछि तयार भयाे ‘लाखौं तारा आकाशैमा’ काे भिडियाे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    सात वर्षपछि तयार भयाे ‘लाखौं तारा आकाशैमा’ काे भिडियाे

    खबरपुञ्ज संवाददाता

    १४ भाद्र २०७७, सोमबार

    तनहुँ : पत्रकार अमरराज नहर्कीको शब्द रहेको ‘लाखौ तारा आकाशै’मा म्युजिक भिडियो सार्वजनिक भएको छ । सात वर्ष अगाडी रचना भएको गीतको म्युजिक भिडियो सोमबार सार्वजनिक भएको हो ।

    गायक नवराज थापाको स्वर तथा सङ्गीत रहेको म्युजिक भिडियोमा स्वयं गायक थापा र आरती शर्माको अभिनय रहेको छ । सात वर्ष अघि गीत लेखिएको भएपनि म्युजिक भिडियो भने अहिले तयार गरी बजारमा ल्याइएको गीतकार नहर्कीले जानकारी दिनुभयो ।

    नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष समेत रहनुभएका पत्रकार नहर्कीकै शब्द रहेको विरानो देश केही समय अगाडी मात्रै सार्वजनिक भएको थियो । उक्त गीतमा पनि गायक थापाले नै आवाज भर्नुभएको छ । सुदीप पौडेलको निर्देशन रहेको गीतको छायाङ्कन रमेश शर्माले गर्नुभएको छ ।

    लाखौ तारा आकाशैमा तर तिमी हौ जुन
    स्वभावमा पनि तिमी नम्बरी सुन

    गाजलु आँखा तिम्रो पिपलपाते तिमी ओठ
    रेशमी केस तिम्रो छैन कुनै खोट