तनहुँ–१ मा रास्वपाबाट डा. स्वर्णिम वाग्ले उम्मेदवार बन्ने टुंगो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ–१ मा रास्वपाबाट डा. स्वर्णिम वाग्ले उम्मेदवार बन्ने टुंगो

    खबरपुञ्ज संवाददाता

    ३ माघ २०८२, शनिबार

    दमौली, ३ माघ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्ले उम्मेदवार बन्ने टुंगो लागेको छ।

    रास्वपाले डा. वाग्लेलाई पुनः उम्मेदवार बनाउन लागेको हो। यसअघि विसं २०८० मा सम्पन्न उपनिर्वाचनमा तनहुँ–१ बाट उम्मेदवार बनेका डा. वाग्ले ३४ हजार ९१९ मतसहित निर्वाचित भएका थिए।

    उक्त उपनिर्वाचनमा उनका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत प्राप्त गरेका थिए।