


एजेन्सी, २९ चैत । भारतीय संगीत क्षेत्रमा अद्वितीय योगदान पुर्याएकी प्रख्यात गायिका आशा भाेसलेकाे ९२ वर्षको उमेरमा निधन भएको छ। आधुनिक भारतीय संगीतकी उत्कृष्ट स्वरकलाकारमध्ये एकका रूपमा चिनिने उनको निधनले संगीत क्षेत्रमा गहिरो शोक छाएको छ।
उनी मुटु तथा श्वासप्रश्वास सम्बन्धी समस्याका कारण शनिबार ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। पछिल्ला केही महिनादेखि उनको स्वास्थ्य अवस्था कमजोर रहँदै आएको स्रोतहरूले जनाएका छन्।
गम्भीर अवस्थामा अस्पताल ल्याइएकी उनलाई शनिबार राति सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार थालिएको थियो। उपचारकै क्रममा उनको निधन भएको पुष्टि भएको छ।
उनको निधनसँगै भारतीय संगीत क्षेत्रले एक अमूल्य धरोहर गुमाएको छ।