राष्ट्रिय स्वतन्त्र पार्टी शुक्लागण्डकी–१२ को सभापतिमा टुकबहादुर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    राष्ट्रिय स्वतन्त्र पार्टी शुक्लागण्डकी–१२ को सभापतिमा टुकबहादुर

    खबरपुञ्ज संवाददाता

    ४ जेष्ठ २०८३, मंगलवार

    दमौली, ५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शुक्लागण्डकी नगरपालिका–१२ को प्रथम वडा अधिवेशनबाट टुक बहादुर गुरुङको सभापतित्वमा ११ सदस्यीय समिति सर्वसम्मत रूपमा चयन गरेको छ।

    उपसभापतिमा दीपक सुनार र सचिवमा शेष बहादुर गुरुङ (बिसान) चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा नवल गुरुङ, पवन गुरुङ, खिम माया भुजेल (रिना) र दिलास गुरुङ चयन भएका छन् ।

    सभापति गुरुङले आगामी दिनमा वडा तहमा संगठन विस्तार, जनसम्पर्क सुदृढीकरण तथा स्थानीय मुद्दाहरूलाई प्राथमिकताका साथ उठाउँदै अघि बढ्ने प्रतिबद्धता जनाए ।