निर्माता संघद्वारा माैद्रिक नीतिको स्वागत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    निर्माता संघद्वारा माैद्रिक नीतिको स्वागत

    खबरपुञ्ज संवाददाता

    ३ श्रावण २०७७, आईतवार

    काठमाडाै/चलचित्रकर्मीहरुले राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको स्वागत गरेका छन् । आफूहरुले पेश गरेका मागको अधिकांश बुँदा सम्बोधन भएको भन्दै चलचित्र निर्माता संघले मौद्रिक नीतिको स्वागत गरेको हो । चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले मौद्रिक नीतिमा मनोरञ्जन क्षेत्र भन्ने उल्लेख गरेकाे बताउनुभयाे । उहाँले चलचित्र क्षेत्रलाई पनि कोरोनाबाट अति प्रभावित क्षेत्रको सूचीमा राखिएकाले अन्य थुप्रै सुविधाहरु प्राप्त हुने जानकारी दिनुभयाे ।

    राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा भनिएको छ–‘कोभिड १९ को नियन्त्रण र रोकथामका लागि चालिएको कदमको कारण पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्य, मनोरञ्जन लगायत सबै पेशा, उद्योग र व्यवसायले लिएको ऋणको साँवा र व्याज बन्दाबन्दीको अवधिमा भुक्तानी गर्न कठिनाई भएको अवस्थालाई दृष्टिगत गरि कर्जा भुक्तानी अवधिको म्याद थप र कर्जाको पुनरसंरचना तथा पुनरतालिकिरकणको व्यवस्था गरिनेछ ।’