खबरपुञ्जकाे यात्रा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • सम्पादकीय

    खबरपुञ्जकाे यात्रा

    खबरपुञ्ज संवाददाता

    ४ श्रावण २०७७, सोमबार

    संसारभर विभिन्न विकास निर्माण कार्यहरु नयाँ उपकरणको माध्यमद्वारा सञ्चालन हुँदै आइरहेको छ । विभिन्न उत्पादनले हरेक मानिसको दैनिकी चलाउन समेत सहज हुँदै गइरहेको छ । अहिलेको युग र समयसँगै सञ्चार क्षेत्रले त झनै विश्वशिखर चुम्न सफल भएको छ । जुनसुकै देशको कुनाकाप्चामा जे जस्ता गतिविधि हुने गर्छ त्यसबारे हरेक नागरिकले तुरुन्त जानकारी प्राप्त गर्न सक्छन् । कम्प्युटर, ल्यापटप, मोवाइल प्रयोगकर्ता दिनानुदिन बढिरहेका छन् । प्रविधिको प्रयोगसँगै विश्वभर भएका गतिविधिलाई छिनभरमै जानकारी प्राप्त गर्न सजिलो माध्यमको रुपमा स्थापित भएको छ कम्प्युटर, ल्यापटप र मोवाइल । वैदेशिक रोजगारीमा रहेका युवालाई आफ्नो घर, छिमेक र मुलुकमा के भइरहेको छ भन्ने खबर पाउनका लागि अत्यन्तै सजिलो छ अहिले । नयाँ प्रविधि प्रयोगसँगै विभिन्न सञ्चारमाध्यमहरुले छापा र विद्युतीय माध्यमद्वारा समाचार सम्प्रेषण गर्दै आइरहेका छन् । सत्यतथ्यमा आधारित रही आम नागरिकलाई सुसुचित गर्ने उद्देश्यका साथ मुलुकमा धेरै अनलाइनहरु सञ्चालन भएका छन् । धेरैथरीका सञ्चारमाध्यमको भीडभाडको माझमा खबरपुञ्ज अनलाइन आजदेखि शुभारम्भ भएको छ । तनहुँ जिल्लामा लुकेछिपेका विषयवस्तुलाई समेटेर आम नागरिकको हात हातमा पु¥याई जानकारी प्रदान गर्नका लागि खबरपुञ्ज अनलाइनले यात्रा आरम्भ गरेको छ । विषयगत यथार्थपरक सत्य तथ्यमा आधारित समाचार सबैको माझमा पु¥याउने हाम्रो प्रमुख लक्ष्य हो । समाजमा रहेका विकृति, विसङ्गतिका विरुद्ध सशक्त कलमको माध्यमबाट प्रतिकार गर्दै सुन्दर समाज निर्माणका लागि हाम्रो हरबखत प्रयत्न रहनेछ । यस अनलाइनमा प्रकाशित सामग्रीका बारेमा पाठकको राय, प्रतिक्रिया हाम्रो लागि मार्गदर्शन बन्ने विश्वास लिएका छौ । जस्तोसुकै कठिन परिस्थितिका बाबजुद पनि हाम्रो यात्रामा पूर्णविराम लाग्नेछैन । आगामी दिनमा समेत पाठकवर्गको प्रतिक्रियालाई शिरोधार्य गर्दै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौ ।
       –  सम्पादक