शैक्षिक संस्था बन्द, विद्यार्थी मर्कामा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • सम्पादकीय

    शैक्षिक संस्था बन्द, विद्यार्थी मर्कामा

    गाेरा मियाँ

    १० श्रावण २०७७, शनिबार

    विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ भाइरसबाट मानव जीवन नराम्रोसँग प्रभावित हुन पुग्यो । यसबाट नेपाल पनि अछुतो रहन सकेन । कोभिड–१९ प्रत्येक मानिसमा सर्न सक्छ भनेर एक किसिमको त्रास नै उत्पन्न भयो । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सरकारले गत चैत ११ गतेदेखि बन्दाबन्दी (लकडाउन) लागु ग¥यो । बन्दाबन्दीका कारण सबै क्षेत्र प्रभावित हुँदा सामुदायिक र संस्थागत विद्यालय पनि पुगे । वैशाखदेखि नयाँ शत्र शुरु भएर पठनपाठन सञ्चालन हुने विद्यालयमा साउन लागिसक्दा पनि पठनपाठन शुरु हुन सकेको छैन । ग्रामीण क्षेत्रका विद्यार्थी शिक्षा हासिल गर्न शहर बजारमा खुलेका बोर्डिङ र कलेजमा भर्ना भएर अध्ययन गर्न आउँथे । अभिभावकको चाहना पनि आफ्ना बालबच्चाले राम्रो शिक्षा हासिल गरी असल नागरिक बनोस् भन्ने नै हुन्छ । हरेक विद्यार्थीका अभिभावकले आफ्ना सन्तति शिक्षित र सभ्य भई असल समाज निर्माणको मार्गदर्शक बनुन् भन्ने चाहेका हुन्छन् । बन्दाबन्दीका कारण विद्यालय खुल्न नसकेपछि शहर बजारमा कोठा भाडामा लिएर अध्ययन गर्न बसेका अधिकांश बालबालिका यतिबेला गाउँ फर्किएका छन् । कहिलेसम्म विद्यालय बन्द हुने हो भन्नेमा अझै द्विविधा छ । विद्यालय बन्द भएपछि धेरैजसो विद्यार्थी अध्ययन बाहेकका काममा रमाउन थालेका छन् । कतिपय विद्यालयहरुले अनलाइनबाट पठनपाठन शुरु गरेका छन् । तर सबै विद्यार्थीको पहुँचमा यो पुगेको छ भनेर भन्न सकिदैन । सबै प्रविधिसँग दक्ष र प्रविधिको पहुँचमा छैनन् । विद्यालय बन्द हुँदा धेरै विद्यार्थी मारमा परेका छन्, तर कोभिड–१९ को जोखिमपूर्ण अवस्थाले यो भन्दा अर्को विकल्प पनि छैन । आशा गरौ, छिट्टै कोभिड–१९ को सङ्क्रमण नियन्त्रणमा आउनेछ र विद्यार्थीले पुनः विद्यालयमा गएर शिक्षा हासिल गर्ने वातावरण तयार हुनेछ ।