मानवताको रक्षा, न्याय र समानताको आन्दोलन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • सम्पादकीय

    मानवताको रक्षा, न्याय र समानताको आन्दोलन

    गाेरा मियाँ

    १८ भाद्र २०७७, बिहीबार

    विश्वभरका मुलुकहरु भौगोलिकताको आधारमा स्थापित छन् । प्राकृतिक बनावटले संसारका देशहरुको आ आफ्नै पहिचान छ । हरेक देशको फरक संस्कृति, भेषभूषा र भाषाशैली छ । प्राकृतिक भूगोलसँगै सबै देशले राज्यसत्ता सञ्चालन गरिरहेका छन् । जुनसुकै मुलुकमा राजनीतिले प्राथमिकता पाएको हुन्छ । राष्ट्र र राष्ट्रियताप्रति समर्पित हुनेमा दलहरुको भूमिका रहन्छ । निर्वाचन प्रणालीद्वारा निर्वाचित भई सरकारमा पुगेपछि राष्ट्रवासीसँग गरेका बचनवद्धता बिर्सिने रोग लाग्न शुरु हुन्छ । नातावाद, कृपावाद र पार्टीवादको हैकमवादले जनतासँग गरेका घोषणालाई लत्याइन्छ । पार्टीका यस्ता क्रियाकलापबाट जनतामा विद्रोहको विजारोपणले उग्र रुप लिने गरेको छ । यसले न त सरकारलाई भलो गरेको छ न त विद्रोहीलाई नै । समग्रतामा मुलुकलाई नै घाटा भइरहेको छ । होनहार व्यक्तिको ज्यान लिनु भनेकै राज्य सरकारको निरिह र कु्रर व्यवस्थाको पराकाष्ठा हो भन्ने ठहरिन्छ ।

    विकासउन्मुख राष्ट्र मध्य टर्की सम्पन्न देशको सूचीमा सूचीकृत छ । भूगोलको हिसाबले टर्की दुई तहमा बाँडिएको छ । भौगोलिकतासँगै टर्कीको आधा भाग युरोप र आधा भाग एशियाभित्र समाहित रहेको छ । टर्किस युरोप उत्पीडित तथा श्रमजीवि जनताको मुक्तिका लागि निरन्तर आफ्ना आवाज बुलन्द पार्दै आएकी कानुन व्यवसायी र मानवअधिकारकर्मी ४२ वर्षीया इब्रु तिम्तिकको भोक हड्तालबाट निधन भएको छ । परिवर्तन, न्याय र समानताको पक्षमा लामो समयदेखि उनले आवाज उठाउँदै आएकी थिइन् । तुर्कीको सरकार पक्षले २०१७ मा इब्रु तिम्तिकलाई गिरफ्तार गरेको थियो । उनीसँगै उनका १८ जना सहकर्मीहरुलाई समेत पक्राउ गरी हिरासतमा राखिएको थियो । उनीहरुमाथि अवैध माक्र्सवादी संगठनसँग सम्बन्ध रहेको आरोप लगाइएको थियो । सन् २०१८ को सेप्टेम्बरमा तिम्तिकलाई अदालतले १३ वर्ष ६ महिनाको जेल सजाय सुनाएको थियो । गत फेब्रुअरीबाट तिम्तिक र उनकी एक साथीले तरल र भिटामिन मात्र खाँदै भोक हडताल शुरु गरेका थिए । जेलभित्र मानवीय व्यवहार गर्न र स्वच्छ, स्वतन्त्र न्यायका लागि माग राख्दै जेल भित्रै भोक हड्ताल शुरु गरिन् । टर्किस राज्यसत्ताले उनको कुनै पनि माग सम्बोधन गरेन । उल्टै इबु्र तिम्तिकलाई टर्किस सत्ताका प्रतिबन्धित पार्टी रेभ्युल्सनरी पिपुल्स बिलरेसन फ्रन्टको सदस्य भएको आरोपमा आतंकवादी समेत करार गरेको थियो । जनताको पक्षमा र परिवर्तनका लागि २३८ दिनसम्म भोकहड्तालमा बसिन् । अन्ततः उनले प्राण त्याग गर्न बाध्य भइन् । टर्कीमा तिम्तिक सहित चर्चित गायिका हेलिन बोलेक लगायत चार जनाले यस वर्ष सहादत प्राप्त गरिसकेका छन् । त्यसकारण कुनै पनि मुलुकमा दमन, शोषणका विरुद्ध जनताको पक्षमा परिवर्तनका निम्ति आवाज उठाउनेलाई राज्य पक्षले मृत्युवरणको अवस्थामा पु¥याउने गरेको छ । संविधानतः लोकतन्त्र पद्धतिको अपमान गर्ने जो कोही सत्तासीन सरकारको विरुद्धमा हरेक नागरिक एक भई अघि बढ्न सक्नुपर्छ । मानवताको रक्षा, न्याय र समानताको पक्षमा सम्बन्धित सबै सरोकारवालाले ऐक्यबद्धता जनाउनुपर्ने अहिलेको आवश्यकता हो ।