करेलाको जुसः स्वाद तीतो, फाइदा मीठो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • स्वास्थ्य

    करेलाको जुसः स्वाद तीतो, फाइदा मीठो

    खबरपुञ्ज संवाददाता

    १८ भाद्र २०७७, शुक्रबार

    करेला एक आयुर्वेदिक गुणले भरिएको तरकारी हो । यसमा आइरन, म्याग्नेशियम, भिटामिन सी र पोटासियम जस्ता तत्व पर्याप्त मात्रामा पाइन्छ । करेलाको तितोपनका कारणले जुस पिउन गाह्रो भए यसमा मह वा गुड मिसाएर पनि पिउन सकिन्छ । करेलाको जुसले हाम्रो शरीरमा पुर्याउने फाइदाबारे विभिन्न चिकित्सकहरूले यस्तो सुझाब दिएका छन् ।

    भोक बढाउनमा सहयोगी

    तपाईँलाई भोक लाग्दैन वा भोक कम लाग्छ भने करेलाको जुस सेवन गरे त्यो समस्याबाट मुक्ति पाउन सकिन्छ । करेलाको जुस नियमित पिउनाले पाचन पक्रिया पनि बलियो बन्छ ।

    सुगर कन्ट्रोल

    करेलाको जुसमा पाइने मोमर्सिडीन र च्याराटिन जस्ता ऐन्टी–हाइपर ग्लेसेमिक तत्वका कारण ब्लडको सुगर लेभललाई मांसपेशीमा राम्रोसँग सञ्चालित गर्न मद्दत गर्छ ।

    क्यान्सर

    नियमित एक गिलास करेलाको जुस पिउनाले प्याङक्रियाजमा हुने क्यान्सरको कोषलाई नष्ट गर्छ । करेलामा पाइने ऐन्टी–क्यान्सर कम्पोनेन्ट्सले क्यान्सर उत्पन्न गराउने कोष रोक्ने काम गर्छ, जसले उक्त कोषिकाको शक्ति नष्ट भएर जान्छ र क्यान्सरको सम्भावना पनि हुँदैन ।

    आँखाको लागि फाइदाजनक

    करेलामा बिटा–क्यारोटीन र भिटामिन ए पर्याप्त मात्रामा हुन्छ । जसले आँखा स्वस्थ राख्न मद्दत गर्छ । यतिमात्र नभई करेलाको जुस नियमित सेवन गर्नाले तौल कम गर्न सकिन्छ । शरीरमा भएको विषाक्त कोलेस्ट्रोल नियन्त्रण, छाला र कपालका लागि पनि करेलको जुस फाइदाजनक हुन्छ ।