प्राकृतिक विपद्का घटनामा परी ६ महिनामा ३९८ ले ज्यान गुमाए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्राकृतिक विपद्का घटनामा परी ६ महिनामा ३९८ ले ज्यान गुमाए

    खबरपुञ्ज संवाददाता

    १२ आश्विन २०७७, मंगलवार

    काठमाडाै :  विगत ६ महिनाको अवधिमा प्राकृतिक विपद्का कारण देशभर ३९८ जनाको मृत्यु भएको छ । अवरिल वर्षापछिको बाढी पहिरोका कारण सिन्धुपाल्चोक, बागलुङ, दैलेखलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको थियो भने अहिलेपनि पहिरोमा हराइरहेकाहरुको शव फेला पर्न सकेको छैन  ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाख १ देखि हालसम्मको अवधिमा १०४ जना बेपत्ता र ४२९ जना घाइते समेत भएका छन् ।

    प्राधिकरणको तथ्यांकअनुसार मनसुन सुरु भएदेखि अर्थात गत जेठ ३० गतेयता मात्रै पहिरोबाट २८९ जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता भएका छन् । यसैगरी बाढीबाट ३९ को मृत्यु, ३६ बेपत्ता र ९ जना घाइते हुँदा चट्याङबाट पनि ३५ जनाको मृत्यु भएको छ । 

     सोही अवधिमा चट्याङ लागेर ८६ जना घाइते समेत भएको तथ्यांकमा उल्लेख छ । प्राधिकरणको मनसुन भएयताको तथ्यांकमात्रै हेर्दा पनि ३६३ को मृत्यु, १०३ बेपत्ता र ३१७ जना घाइते देखिन्छ ।

    प्राधिकरणले बितको २४ घण्टामा नेपालमा विभिन्न जिल्लामा गरेर ५ स्थानमा आगलागी, ३ स्थानमा अबिरल वर्षा, ३ स्थानमा जनावर आक्रमण, १ स्थानमा बाढी, १ स्थानमा पहिरोका घटना भएको जनाएको छ । यी घटनामा परेर ३ जनाको मृत्यु र ४जना घाइते भएका छन् भने ७३ लाख २५ हजार २ सय रुपैयाँ बराबरको धनमाल क्षति भएको छ।