देवघाटका ८० वर्षीय वृद्धमा कोरोना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देवघाट

    देवघाटका ८० वर्षीय वृद्धमा कोरोना

    खबरपुञ्ज संवाददाता

    १६ आश्विन २०७७, शुक्रबार

    तनहुँ : तनहुँको देवघाट गाउँपालिका निवासी ८० वर्षीय वृद्धमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा देवघाट गाउँपालिका-४ का ती वृद्धमा कोरोना पुष्टि भएको हो ।

    असोज १५ गते स्वाब परीक्षण गरिएकामा शुक्रबारको रिपोर्टमा उनमा पोजिटिभ देखिएको मेडिकल कलेजका डा. अनुप पौडेलले जानकारी दिनुभयो ।