तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिकाका एक युवामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा ती यु्वामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
सङ्क्रमित हुनेमा बन्दीपुर गाउँपालिका-४ का ३२ वर्षीय पुरुष रहेको मेडिकल कलेजले जनाएको हो । पिसीआर परीक्षणका लागि ती युवाले असोज १७ गते स्वाब दिएको थिए ।