पॉच दिनदेखि अचेत मिर्गौला पीडितको निधन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    पॉच दिनदेखि अचेत मिर्गौला पीडितको निधन

    खबरपुञ्ज संवाददाता

    २१ आश्विन २०७७, बिहीबार

    तनहुँ : पॉच दिनदेखि अचेत रहेका तनहुँको ऑबुखैरेनी गाउँपालिका-३ छबिसेटोलका दुवै मिर्गौला पीडित मङ्गल ढकालको निधन भएको छ । थप उपचारका लागि बुधबार काठमाडौ लगिएकामा ढकालको अस्पताल पुर्याउने बित्तिकै निधन भएको हो ।

    गत शुक्रबारदेखि ढकाल केही बोल्न नसक्ने, केही खानेकुरा नखाने, कसैले बोलाए पनि नसुन्ने, मान्छे चिन्न नसक्ने अवस्थामा हुनुहुन्थ्यो । आर्थिक अवस्था कमजोर रहनुभएका उहॉ थप उपचारका लागि अस्पताल जान नसक्दा घरमै थला पर्नुभएको थियो ।

    बुधबार मात्रै स्थानीय सुरेन्द्र श्रेष्ठ र प्रशन्न अधिकारीको सहयोगमा ढकाललाई काठमाडौ लगिएको थियो ।

    रामबहादुर धामीको सहयोगमा