पोखरा : गण्डकी प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको निधन भएको छ । कास्कीको पोखरा महानगरपालिका-१ का ४२ वर्षीय पुरुषको कात्तिक ७ गते, पोखरा-२२ का ६८ वर्षीय पुरुषको कात्तिक ८ गते र पोखरा-३१ का ५८ वर्षीय पुरुषको कात्तिक ८ गते मृत्यु भएको हो ।
उनीहरुको क्रमश: चरक, गण्डकी मेडिकल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालयले आइतबार बिहान जानकारी दिएको छ ।
योसँगै प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६२ पुगेको छ ।