२४ घण्टामा थपिए ३५१७ सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    २४ घण्टामा थपिए ३५१७ सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    १३ कार्तिक २०७७, शुक्रबार

    काठमाडौ : पछिल्लो २४ घण्टामा थप ३५ सय १७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले अध्यावधिक गरेको विवरण अनुसार देशभर ३५ सय १७ जनामा संक्रमण पुष्टि भएको हो । 

    जम्मा संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको छ ।देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । 

    पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ४ हजार ९६ रहेको छ । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख २८ हजार ९५८ रहेको मन्त्रालयले जनाएको छ । 

    २४ घण्टामा १६ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । नेपालको कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ।