३० दिने बालक सहित गण्डकीमा चार सङ्क्रमितको मृत्यु, मृतक सङ्ख्या एक सय पुग्याे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    ३० दिने बालक सहित गण्डकीमा चार सङ्क्रमितको मृत्यु, मृतक सङ्ख्या एक सय पुग्याे

    खबरपुञ्ज संवाददाता

    २० कार्तिक २०७७, शुक्रबार

    पाेखरा : गण्डकी प्रदेशमा थप चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ३० दिने शिशु पनि छन् ।

    पोखरा महानगरपालिकास्थित ३० दिने सङ्क्रमित बालकको शुक्रबार मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारको क्रममा निधन भएको स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । ती बालकमा निमोनियाको समस्या थियो ।

    पोखरा महानगरपालिका १७ का ७५ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा शुक्रबार निधन भएको छ । उहाँमा कात्तिक १४ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । त्यस्तै पोखरा महानगरपालिका १० का ५७ वर्षीय पुरुषको कात्तिक २० गते राति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । उहाँमा कात्तिक २ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

    त्यस्तै बागलुङ जैमिनी नगरपालिका ९ का २९ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । उहाँमा कात्तिक ८ गते सङ्क्रमण पुष्टि भएको थियो ।

    योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक सय पुगेको छ ।