स्कूटर पल्टदा किसान घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    स्कूटर पल्टदा किसान घाइते

    खबरपुञ्ज संवाददाता

    २२ मंसिर २०७७, सोमबार

    तनहुँ : तनहुँको ऋषिङ गाउँपालिका–८ ऋषिङ बजारस्थित भित्री सडकखण्डमा सोमबार स्कूटर पल्टदा किसान रामदाम घाइते भएका छन् । खैरेनीटारबाट ऋषिङतर्फ जाँदै गरेको ग १८ प ५१८६ नं को स्कूटर अनियन्त्रित भई पल्टदा सवारमा शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटार बस्ने २१ वर्षीय किसान घाइते भएका हुन् ।

    घाइतेको दायाँ कानबाट रगत बगेको र निजलाई उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ । स्कूटर चालक भने शकुसल छन् ।