एजेन्सी : अस्ट्रेलियाको सिड्नीमा एक महिलाले आफ्नै आमाको निर्ममतापूर्वक हत्या गरेकी छन् । जेसिका क्यामलेरी नामकी महिलामाथि आफ्नै आमाको क्रुर तरिकाले हत्या गरेको आरोप छ ।
जेसिकाको उमेर २७ वर्ष हो । उनले आफ्नी आमाको शरीरमा करिब दुई सयपटक चक्कु प्रहार गरेकी थिइन् । त्यतिगर्दा पनि शान्त नभएकी उनले आफ्नी आमाको जिब्रो र गर्धन छिनाइन् ।
अदालतमा अहिले जेसिकाले आफू दिमागी रुपमा बिरामी भएकाले सजाय नदिन अपिल गरेकी छन् ।
आरोप अनुसार जेसिकाले दुईसय पटकभन्दा धेरै चक्कु प्रहार गरेको, त्यसपछि नाक, खान, आँखा, जिब्रो र घाँटीसमेत काटेकी थिइन् ।
इकालामा हत्या भएको सूचना मिलेपछि प्रहरी जाँदा किचनमा शव लुकाइएको फेला परेको थियो । जाँचबुझपछि जेसिका क्यामलेरी र उनकी आमाबीच कुनै कुरालाई लिएर विवाद भएको पाइएको छ ।
प्रहरी रिपोर्टअनुसार जेसिकाले आफ्नी आमामाथि प्रहार गरेकी थिइन् । कोर्टमा आरोपी जेसिकाले आफ्नी आमालाई चक्कु प्रहार गरेको र पछि घाँटी छिनालेको बताएकी थिइन् ।
उनका वकिलले दिमागी रुपमा जेसिका बिरामी भएकाले सजाय भन्दा पनि अस्पताल पठाइनुपर्ने अपिल गरेका छन् ।