सुदिपकाे निर्देशनमा बनेकाे ‘याे कस्ताे प्रेम’ सार्वजनिक (भिडियाे सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    सुदिपकाे निर्देशनमा बनेकाे ‘याे कस्ताे प्रेम’ सार्वजनिक (भिडियाे सहित)

    खबरपुञ्ज संवाददाता

    २ पुष २०७७, शुक्रबार

    तनहुँ : दमौली आसपास लगायतका विभिन्न क्षेत्रमा छायाङ्कन गरिएको गीत ‘यो कस्तो प्रेम’ काे अफिसियल भिडियो सार्वजनिक भएकाे छ । हाइलाइट्स नेपालको आधिकारिक यूट्वयु च्यानल मार्फत बजारमा आएको यस गीतमा गायिका निशा देशारको आवाज रहेको छ ।

    गीतकार विष्णुप्रसाद पाण्डेको शब्द रहको उक्त गीतको संगीत गैरे सुरेशको रहेको छ । हाइ फाइभ मल्टिमिडियाको प्रस्तुती रहको उक्त भिडियोको निर्देशन दमौलीमा रहेर सक्रिय मोडल तथा निर्देशक सुदिप पौडेलले गर्नुभएको हो । यो उहाँद्धारा निर्देशित तेस्रो अफिसीयल भिडियो रहेको छ । प्रेममा धोका खाइ विक्षिप्त यूवतिको अवस्थालाई चित्रण गरिएको भिडियोमा पोखराकी मोडल ममता अधिकारी लगायत महेश वाग्ले र सोनिया जोशीको अभिनय रहेको छ । शुसान पन्थले छायाकंन गर्नुभएको भिडियोको अफिसीयल मिडिया पार्टनरमा खबरपुञ्ज डटकम रहेको छ ।