बेलायतबाट आएका ५ जनामा कोरोना संक्रमण, नयाँ भाइरस कि पुरानो ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बेलायतबाट आएका ५ जनामा कोरोना संक्रमण, नयाँ भाइरस कि पुरानो ?

    खबरपुञ्ज संवाददाता

    १२ पुष २०७७, सोमबार

    काठमाडौं : बेलायतबाट नेपाल आएका ५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।  बेलायतबाट आएका ५ जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितलाई पूरानो खालको कोरोना भाइरस हो वा नयाँ खालको भाइरस भन्ने प्रष्ट नभएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक वासुदेव पाण्डेले बताउनुभयाे ।

    पाँचै जना संक्रमित काठमाडौंको होटेल क्वारेन्टिनमा बसेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । बेलायतबाट आउने नागरिकलाई अनिवार्य रुपमा १० दिनसम्म क्वारेन्टिनमा बस्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आह्वान गर्दै आएको  छ भने बेलायत–नेपालबीचको हवाई उडान रोकेको छ ।  बेलायत लगायत युरोपका धेरै मुलुकहरुमा यसबेला नयाँ खालको कोरोना भाइरस देखिएको वैज्ञानिकहरुको दाबी छ ।