तनहुँ : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले जनताको पीडा बुझ्ने एकमात्र पार्टी काङ्ग्रेस रहेको बताउनुभएको छ । शुक्लागण्डकी नगरपालिका-८ स्थित समावेशी टोलको हिलेपानी गाउँमा बुधबार आयोजित कार्यक्रममा नेता पौडेलले काङ्ग्रेसमा जनताको आकर्षण बढेको बताउनुभयो ।
उहॉले भन्नुभयो, “जनताको पीर मर्का अरु पार्टीले बुझ्न सक्दैन, त्यहीकारण आज देशभर काङ्ग्रेसको पक्षमा जनलहर बढेको छ ।”
उक्त कार्यक्रममा समावेशी टोलकी अघ्यक्ष इन्दिरा भट्टराईको नेतृत्वमा १ सय ६५ जना काङ्ग्रेस प्रवेश गरेको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला प्रवक्ता महेश्वर भट्टराई,महाधिवेशन प्रतिनिधि कृष्णराज पण्डित,जिल्ला सदस्यहरु भक्त श्रेष्ठ,याम व. खाँण,महिला नेतृहरु चन्द्रकला भट्टराई,सरस्वती गौतम लगायतको उपस्थिति रहेको थियो ।